दोश्रो भक्तपुर कप फुटवल प्रतियोगिताका सहयोगीलाई धन्यबाद

दोश्रो भक्तपुर कप फुटवल प्रतियोगिताका सहयोगीलाई धन्यबाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरमा फागुन ५ गतेदेखि १३ गतेसम्म सम्पन्न भएको दोश्रो भक्तपुर कप फुटबल प्रतियोगिता २०७९ मा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरिएको छ ।

प्रतियोगिताको आयोजक भक्तपुर युवा टीमले शनिबार यहाँं एक कार्यक्रमको आयोजना गरी प्रतियोगितामा आर्थिक, भौतिक, नैतिकलगायतको सहयोग गर्ने व्यक्तिहरुलाई धन्यवाद पत्र प्रदान गरी धन्यवाद ज्ञापन गरेको हो । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले सहयोगीहरुलाई धन्यवाद पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले खेलकुद राष्ट र स्वास्थ्यको लागि नभई नहुने बताए । आयोजक भक्तपुर युवा टीमका संस्थापक अध्यक्ष एवं सल्लाहकार विश्वराम कवांले युवा टीमकै कारणले भक्तपुरको खेलकुद परिचित रहेको स्मरण गरे । कार्यक्रममा आयोजक टीमका अध्यक्ष केशव त्वानाबासुले टीमका कार्यसमिति सदस्य एवं भक्तपुर जिल्ला बुद्धिचाल संघका पूर्व कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको हालै असमायिक निधन भएकोले उनको सम्झनामा निकट भविष्यमै बुद्धिचाल प्रतियोगिता आयोजना योजना रहेको सुनाए ।

भक्तपुर युवा टीम भक्तपुरको एउटा प्रख्यात खेलकुद टीम हो । यो टीमले वर्षैपिच्छे भक्तपुर कप फुटवल प्रतियोगिता गर्दै आएको छ । यो अन्तर्गर्त अर्काे वर्ष तेश्रो भक्तपुर कप फुटवल प्रतियोगिता २०८० को लागि तयारी सुरु भएको पनि कार्यक्रममा बताइयो ।