दुई जना सांसद अनुपस्थित भएपछि गण्डकीमा अविश्वासको प्रस्ताव फेल हुने सम्भावना बढ्यो

दुई जना सांसद अनुपस्थित भएपछि गण्डकीमा अविश्वासको प्रस्ताव फेल हुने सम्भावना बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल हुने सम्भावना बढेको छ । प्रदेशसभामा निर्णायक देखिएको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन् । गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङे पनि प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन् । दुवै जनाले फोन अफ गरेर बसेका छन् ।

गण्डकीमा जनमोर्चा दुवै पक्षको लागी निर्णायक छ । जनमोर्चाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रदेश सभाको बैठकमा जनमोर्चाका दुई सांसद पियारी थापा र कृष्ण थापा भने उपस्थित छन् ।

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित हुन ३१ जना सांसदको संख्या आवश्यक पर्ने हुन्छ । दुवै जना सांसद उपस्थित नभएको खण्डमा र आजै मतदान भए अविश्वासको प्रस्ताव फेल हुने सम्भावना छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २५ जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्तावको पक्षमा राष्ट्रिय जनमोर्चाका सांसदले पनि हस्ताक्षर गर्ने निर्णय गरिसकेका छन्। १३ गते विपक्षी दलका तर्फबाट मुख्यमन्त्रीका प्रस्तावक कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्ताव पेश गरेपछि बुधबार दिउंसो प्रदेशसभामा सो विषयमा छलफल चलिरहेको छ ।

एमालेसंग प्रदेशसभामा २७ सांसद छन् । प्रदेशसभामा कांग्रेसका १५,माओवादी केन्द्रका १२, जसपाका २ र जनमोर्चाका ३ जना सांसद छन् । मनाङबाट निर्वाचित दीपक मनाङ्गे स्वतन्त्र सांसद छन् ।