काठमाडौं -सम्पदाविद गणपतिलाल श्रेष्ठलाई पर्यटन मन्त्रालयको सट्टा भूमिसुधार मन्त्री बनाउने तयारी भएको छ। उहाँसहित चारै जना नयाँ मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको स्रोतले जनाएको छ।
यसैबीच अर्थमन्त्री रामेश्वर खनाललाई पर्यटन मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिने तयारी पनि भइरहेको छ। मन्त्रालय बाँडफाँडसँगै मन्त्रिपरिषद् विस्तारको प्रक्रिया आजै सम्पन्न हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया