गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाउदैँ, कांग्रेस-माओवादीबीच आलोपालो सरकार चलाउने सहमति

गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाउदैँ, कांग्रेस-माओवादीबीच आलोपालो सरकार चलाउने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- केन्द्रीय सत्ता समीकरण फेरिएपछि प्रदेशका सरकार पनि एकपछि अर्को फेरिन थालेका छन् । जसअनुसार बिहीवार गण्डकी प्रदेशले पनि नयाँ मुख्यमन्त्री पाउने भएको हो ।

यसअघि गण्डकीमा एमालेका खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसकारण गण्डकीमा संविधानको धारा १६८ (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्त हुन लागेको हो ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय बिहीवार अपराह्न ४ बजे सकिँदैछ ।

यहाँ मुख्यमन्त्रीका लागि माओवादीले पनि दाबी गरेको छ तर केन्द्रले निर्णय गरेअनुसार कांग्रेसले पहिले मुख्यमन्त्री लिने समझदारी भएको जनाइएको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नै मुख्यमन्त्री बन्नेछन् ।

आलोपालोमा त्यसपछि माओवादीले मुख्यमन्त्री लिने गरी केन्द्रमा सहमति बनिसकेको छ ।