गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेकाे दाबी

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेकाे दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

बिहीबार प्रदेश प्रमुखको कार्यालयमा काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र एक स्वतन्त्र सांसदको समर्थनसहित उनले दाबी पेस गरेका हुन् । पाण्डेलाई कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र राप्रपाका २ र एक स्वतन्त्र सांसदकाे समर्थन छ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आह्वान गरेका थिए ।