काठमाण्डु- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय दिएकोमा अधिकारीले आज दाबी पेस गरेका हुन् ।
एमाले, माओवादी, स्वतन्त्र सांसद राजीव गुरुङ र सभामुख कृष्ण धितालको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् । एमालेका २२, माओवादीका सभामुख सहित ८ र मनाङे गरी ३१ सीट पुग्छ । दलको सीट संख्याका आधारमा बहुमत पुर्याएर दावी पेस गरिएको अधिकारीले बताएका छन् ।




प्रतिक्रिया