काठमाण्डु- नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ब्रिफिङ गरेका छन् ।
सोमवार बूढानीलकण्ठमा भएको बैठकमा प्रदेश सरकारको पछिल्लो अवस्थाबारे पाण्डेले बैठकमा जानकारी गराएका हुन् । बैठकमा खगराज अधिकारीलाई गण्डकीको मुख्यमन्त्री पदमा असंवैधानिक रुपमा नियुक्त गरिएकाले सर्वोच्च अदालत जाने बैठकले निष्कर्ष निकालेको हो ।
गण्डकीमा एमालेका २२ र माओवादीका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहित ३१ सांसद देखाएर एमाले संसदीय दल नेता अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए ।




प्रतिक्रिया