गण्डकीमा भागबण्डा मिलाउन मन्त्रालय फुटाइयो

गण्डकीमा भागबण्डा मिलाउन मन्त्रालय फुटाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गण्डकी प्रदेशमा मन्त्रालय फुटाएर ७ वटा मन्त्रालयबाट ९ मन्त्रालय बनाइएको छ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले भागबण्डा मिलाउन मन्त्रालय फुटाएका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको थियो । जसअनुसार उनले मन्त्रालयको संख्या बढाएका हुन् । सत्ता गठबन्धन दलबीच भागबण्डामा सहमति जुटाउन उनी मन्त्रालय फुटाउन बाध्य भएका हुन् ।

अधिकारी सोमबार मात्र मुख्यमन्त्री बनेका हुन् । उनले मुख्यमन्त्री बन्नका लागि सभामुखसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको विषय विवादित बनेको छ । यस अघि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको मत गणना गर्न नपाइने सर्वोच्चको नजिर विपरित गण्डकीमा सरकार गठन भएपछि कांग्रेस अदालत गएको हो ।

सभामुख समेत रहेका कृष्ण धितालसमेतलाई गणना गरेर नयाँ सरकारको दाबी गरेका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए ।