काठमाण्डु- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे आज नियुक्त हुने भएका छन् । सर्वोच्च अदालतले सोमबार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।
न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीमा उनको नियुक्तिलाई बदर गरिदिएको हो ।
४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुखका नाममा सर्वोच्चले परमादेशको आदेश जारी गरेको थियो । जसअनुसार पाण्डे आज मुख्यमन्त्रीमा नियुक्त हुने भएका हुन् ।




प्रतिक्रिया