गण्डकीमा मुख्यमन्त्री पाण्डेले बनाए तीन सदस्यीय मन्त्रिपरिषद्

गण्डकीमा मुख्यमन्त्री पाण्डेले बनाए तीन सदस्यीय मन्त्रिपरिषद्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् । पाण्डेले पहिलो चरणमा तीन सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् ।

सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराएका हुन् ।

आफूले पद तथा गोपनियताको शपथ लिएसँगै पाण्डेले मन्त्रिपरिषद्‌मा विन्दुकुमार थापा र टकराज गुरुङ मन्त्री बनेका छन् ।

कास्कीका थापाले सामाजिक विकास, उर्जा, जलस्रोत मन्त्रालय र लमजुङका गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी दिएर पद तथा गोपनियताको शपथ लिन लगाएका छन् । यो सँगै राप्रपा र दीपक मनांगेलाई पहिलो चरणमा नै मन्त्री बनाउने उनको योजना असफल भएको छ ।

यसले पाण्डेले पनि एक महिनामा विश्वासको मत पाउने हुन कि होइनन् भन्ने संशय पैदा भएको छ ।