पोखरा – गण्डकी प्रदेश सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार सूचना जारी गर्दै गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय गरेको छ ।
‘प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भोलि प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो,’ कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया