यस्ताे छ एमाले गण्डकीको प्रतिबद्धता पत्र (पूर्णपाठ)

यस्ताे छ एमाले गण्डकीको प्रतिबद्धता पत्र (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले गण्डकी प्रदेश कमिटीले निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमाले गण्डकीले आइतबार ‘सुशासन, समृद्धि र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ को नारासहित आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

एमाले गण्डकीले प्रदेशमा सुरुङमार्ग निर्माणदेखि पुस्तकालय, ५ हजार गरिबलाई प्राविधिक शिक्षा निस्शुल्क गर्ने लगायतका विषय प्रतिवद्धतापत्रमा समेटेको छ ।

स्वास्थ्यतर्फ प्रदेशमा ५ सय शैय्याको गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल र मुटु, मृगौला, क्यान्सर उपचारका लागि ५०–५० शैय्याको विशिष्टिकृत अस्पताल बनाउने एमालेको घोषणा छ ।

नेपाल प्रहरीको प्रादेशिक अस्पताललाई ५० शैय्याको सुविधा सम्पन्न अस्पताल बनाइने पनि प्रतिवद्धता एमाले गण्डकीले लिएको छ । प्राथमिक स्वास्थय केन्द्र तथा प्रादेशिक अस्पतालहरुमा एक–एक हजार डाक्टर, नर्स र जनस्वास्थ्य अधिकृत खटाएर नागरिकलाई निसशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा दिइने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

त्यस्तै प्रदेशका मुख्य राजमार्ग र स्थानीय सडकको दूरी घटाउन सकिने खण्डमा छोटा दूरीका सुरुङ मार्ग निर्माण गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

यस्तै प्रदेशका ५ हजार गरिब तथा असहाय, अल्पसंख्यक र पिछडिएका वर्गका विद्यार्थीलाई प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम दिएर रोजगारीमा जोड्ने एमाले गण्डकीको योजना छ ।