गठबन्धनविरुद्ध भोट मागेको आरोपमा गण्डकीका भौतिक पूर्वाधारमन्त्री बर्खास्त

गठबन्धनविरुद्ध भोट मागेको आरोपमा गण्डकीका भौतिक पूर्वाधारमन्त्री बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गण्डकी प्रदेशका भौतिक पूर्वाधार, तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले खड्कालाई हटाएको जानकारीसहित प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले सार्वजनिक गरेको सूचनामा भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै सम्हाल्ने उल्लेख छ ।

गण्डकी प्रदेश सभा क्षेत्र नम्बर २ को (ख) मा टिकटको आकांक्षी रहेका खड्काले टिकट भने पाएनन् । सो यो क्षेत्रमा कांग्रेसबाट कानुनमन्त्रीसमेत रहेका विन्दुकुमार थापा उम्मेदवार छन् । खड्काले थापालाई हराउन लागेको आरोप लागेको छ ।