पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी मन्त्रिपरिषदको निर्णय

पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी मन्त्रिपरिषदको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेको छ ।

नयाँ सरकार गठन भएपछि आइतबार पहिलोपटक बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यमन्त्रीहरुलाई सुविधा दिने विषयमा ऐन बनाउने निर्णय गरेको हो ।

गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले नयाँ सरकार गठनपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्रीहरुलाई सुविधा दिने विषयमा छुट्टै ऐन बनाउने निर्णय भएको जानकारी दिए ।

साथै प्रवक्ता खड्काले नवगठित सरकारले चाँडै प्रदेशसभामा विश्वासको मत लिने पनि जानकारी दिए ।

सरकारले चाँडै सदनमा बजेट पेश गर्ने भएको छ । मुख्यमन्त्री नेपालीले गण्डकी प्रदेश सरकारको बजेट चाँडै प्रस्तुत गर्ने भएका हुन् । जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउने बाध्यता गण्डकी सरकारलाई छ ।