गण्डकी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत


पाेखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेको पक्षमा ३५ र विपक्षमा २२ मत प्राप्त भएको छ।

मुख्यमन्त्री पाण्डेलाई कांग्रेसका २७, माओवादी केन्द्रको ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ सांसदले विश्वासको मत दिएका थिए ।

६० सदस्य रहेको प्रदेश सभामा २२ सिटको एमालेले विपक्षमा मत दिएर प्रमुख प्रतिपक्षी दल बनेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जना सांसदले तटस्थमा मतदान गरे । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे वैशाख १४ गते मुख्यमन्त्री नियुक्तमा भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement