काठमाण्डु – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित चार मन्त्रीहरुलाई एक समारोहबीच शनिबार राति पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
शपथ लिनेमा मुख्यमन्त्री नेपाली, मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे छन् ।
मुख्यमन्त्री पोखरेलले असार १ गतेभित्र बजेट ल्याउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाएको बुझिएको छ । उनी आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडी बढेका हुन् । मन्त्रीहरुले विनाविभागीय रुपमा शपथ लिएका हुन् ।




प्रतिक्रिया