काठमाण्डु – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय नाघेको छ । आइतबार बिहान २० जना नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १५ सय ५ पुगेको हो ।
क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. बिनोद बिन्दु शर्माले जानकारी दिए । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १२४५ पुगेको छ ।





प्रतिक्रिया