गण्डकीमा थप ५८ जनामा कोरोना,संक्रमितको संख्या ४३८ पुग्यो

गण्डकीमा थप ५८ जनामा कोरोना,संक्रमितको संख्या ४३८ पुग्यो


काठमाडाैं – गण्डकी प्रदेशमा शनिबार बिहान थप ५८ जना कोरोना संक्रमित फेला परेका छन् । तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४३८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेकाले उनीहरुलाई जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।