काठमाडौं – गण्डकी प्रदेशमा थप २० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।स्याङ्जामा १२ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ८ जना कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।
याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५ सय ४० पुगेको छ । उनीहरु सबै भारतबाट फर्किएका हुन् । सबै जना सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका र सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।





प्रतिक्रिया