शुक्रबार गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित

शुक्रबार गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाेखरा  गण्डकी प्रदेशमा शुक्रबार थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७ सय ९२ पुगेको छ ।

 स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ४ जिल्लामा २५ नयाँ संक्रमित थपिएका हुन् । तनहूँमा २, स्याङ्जामा १, बागलुङमा १ र नवलपुरमा २१ गरि २५ नयाँ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।

सबै सङ्क्रमितहरुलाई आइसोलेशनमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले बताए । गण्डकी प्रदेशका ७ सय ९२ जना कोरोना सङक्रमितमध्ये १ सय १ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमित २ जनाको ज्यान गएको छ ।