काठमाडाैं – गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संकूमित भेटिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । मनाङमा पहिलोटक कोरोना भेटिएका संक्रमित चामे गाउँपालिकाका कर्मचारी हुन् ।
हिमाली जिल्ला मनाङमा कोरोना संक्रमण देखिएको पहिलो पटक हो ।४२ जना थपिएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २८९ पुगेको छ ।





प्रतिक्रिया