पोखरा – गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी भएका ४ जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा सरकारमा सहभागी ४ मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराम भट्टले सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
नवलपुरकी पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी, बागलुङका कृष्ण पाठकले स्वास्थ्य, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीका रूपमा शपथ लिएका छन् ।
गण्डकीमा ७ बाट बढाएर ९ मन्त्रालय बनाएपछि एमालेले ४ मन्त्रालय पाएको हो । सामाजिकबाट फुटाएर स्वास्थ्य बनाइएको हो भने एउटै मन्त्रालय रहेको उद्योग तथा पर्यटन र वन तथा वातावरणलाई दुई वटा बनाइएको छ ।
४ मन्त्री नियुक्ति गरेर शपथ खुवाएसँगै गण्डकीको मन्त्रिपरिषदले पूर्णता पाएको छ ।
केन्द्रमा कांग्रेस–एमाले समीकरण बनेको २ महिनापछि गण्डकीमा एमाले सरकारमा सहभागी भएको हो ।




प्रतिक्रिया