गण्डकी प्रदेशमा डोबाटे विनाविभागीय मन्त्री बने

गण्डकी प्रदेशमा डोबाटे विनाविभागीय मन्त्री बने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटे विकलाई मन्त्रीमा नियुक्त गरेका छन् ।तत्कालका लागि डोबाटेलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरिएको र पछि जिम्मेवारी तोक्ने सहमति भएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले बताए ।

विकले आजै साँझ ५ बजे सपथ लिने जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष गण्डकी प्रदेशका कार्यकर्ताले डोबाटेलाई अन्तिम समयमा मन्त्री नबनाइएको भन्दै असन्तुष्टि राखेका थिए । देउवाको सहमति अनुसार मुख्यमन्त्री नेपालीले डोबाटेलाई  मन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि उनलाई अन्तिम समयमा सूचीबाट हटाएर विन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो । विकलाई अन्तिम समयमा हटाएर व्यवसायीक थापालाई मन्त्री बनाएको भन्दै कांग्रेसको आलोचना भएको थियो । यसअघि विकको नाम पक्का भइसकेपछि देउवा समूहका विन्दुकुमार थापा, मेखलाल श्रेष्ठ र मणिभद्र शर्माको नाम टुंगो लगाइएको थियो । डोबाटे सपथ लिन हिँडेर पनि बाटैबाट फर्किएका थिए ।

विक मन्त्री बनेसँगै गण्डकी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ । ६० सदस्यीय प्रदेश सभामा १२ मन्त्रालय बनाउन सकिने संवैधानिक व्यवस्था छ । गण्डकी प्रदेश साक्षर घोषणा कार्यक्रममा सहभागि हुन पोखरा पुगेका देउवा आज काठमाण्डु फर्कदैछन् ।