गण्डकी प्रदेशसभाको बैठक स्थगित

गण्डकी प्रदेशसभाको बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने सम्बन्धमा प्रतिपक्षलगायतका पार्टीसँग सहमति हुन नसकेपछि आइतबारको बैठक स्थगित भएको हो ।

प्रदेशसभा सचिब हरिराज पोखरेलले आइतबारको प्रदेशसभा बैठक स्थगित भएको बताए । उनले शनिबार भएको कार्यपरामर्श समितिमा आवश्यक सहमति जुट्न नसकेकाले आइतबारको बैठक स्थगित भएको जानकारी दिए ।

शनिबार बसेको कार्यपरामर्शको बैठकमा मुख्यमन्त्री गुरुङले २७ जेठमा विश्वासको मत लिने अडान दिएका थिए । तर, उनको प्रस्तावप्रति विपक्षीहरुले असहमति जनाएका थिए ।