गण्डकीमा दुई मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी, मनाङ्गे अझै विनाविभागीय

गण्डकीमा दुई मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी, मनाङ्गे अझै विनाविभागीय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेश सरकारका दुई जना मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका ४ जनामध्ये कुमार खड्का, मधुमाया अधिकारीले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

कांग्रेसबाट मन्त्री खड्काले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी छन् । मुख्यमन्त्री पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू खड्का र अधिकारीलाई मन्त्रालय तोकेकी हुन् ।

जेठ २९ गते मुख्यमन्त्री पोखरेलसँगै विना विभागीय मन्त्रीको सपथ खाएका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे)ले भने मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।

दीपक मनाङ्गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन खोज्दा अस्वीकार गरेका छन् । उनले अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा दाबी गरेका छन् ।