काठमाण्डु – गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतलाई दिइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका हरिबहादुर चुमानले बुधबार राजनीनामा दिएपछि रिक्त भएको मन्त्रालयको जिम्मेवारी मन्त्री बस्नेतलाई दिइएको हो । उनले आजै पदभार ग्रहण गरेका छन् ।
त्यस्तै रिक्त भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नै लिएका छन् । माओवादी केन्द्रबाट मन्त्री बनेका लेखबहादुर थापा मगरले पनि राजीना दिएपछि उक्त मन्त्रालयको जिम्मवारी मुख्यमन्त्री गुरुङले नै लिएका हुन् । यी दुई मन्त्रीले बुधबार राजीनामा दिएका थिए ।




प्रतिक्रिया