गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पुन: दाबी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पुन: दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

प्रदेश प्रमुख सीता पौडेलले दिएको २४ घण्टाको समय सकिनु केही अगाडि गुरुङले राजमोका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनपत्र लिएर दाबी गरेका हुन् । जसपा गण्डकी प्रदेशले दुई सांसदलाई अनुशासन उल्लंघनमा कारबाही गरेको पत्र समेत पेस गरेको बताइएको छ ।

नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा उपस्थित गराई मुख्यमन्त्रीको दाबी गरिसकेको अवस्थामा पृथ्बीसुब्बा गुरुङले फेरि दाबी गरेपछि नयाँ तरङ्ग उत्पन्न भएको छ।