काठमाडाैं – गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।प्रदेश क्षयरोग केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ३ जिल्लामा नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् ।
सबैभन्दा धेरै स्याङ्जामा थपिएका छन् । अर्जुनचौपारी गाउँपालिकाका १२ महिनाको बच्चा, ६ महिला सहित १९ जना तथा पुतलीबजार, वालिङ र बिरुवाका एक, एक जनामा सङ्क्रमण देखिएको डा. विनोद विन्दु शर्माले जनाएका छन् ।
त्यस्तै, बागलुङमा पनि थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा काठेखोला गाउँपालिकाका २० देखि ५० वर्ष उमेर समूहका ७ जना पुरुष छन् । बागलुङकै ढोरपाटन नगरपालिकाका २५ वर्षीय एक पुरुषमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।
त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट नवलपुरमा २ जनामा कोरोना संक्रमित फेला परेका छन् । संक्रमण पुष्टि हुनेमा हुप्सेकोट गाउँपालिकाका २६ र ४० वर्षका २ जना पुरुष छन् । गण्डकी प्रदेशका कोरोना सङक्रमित ८ सय ३८ मध्ये १०१ जना निको भएर घर फर्किएका छन् ।




प्रतिक्रिया