काठमाण्डु – गण्डकी प्रदेशसभाका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बिहान आएको रिपोर्टमा नेकपा एमालेका दुई र नेपाली कांग्रेसका एक जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित हुनेहरुमा एमालेका राजिव पहारी, प्रभा कोइराला र कांग्रेसकी मनकुमारी गुरुङ रहेका छन् । मंगलबार कोरोना परीक्षणको माग गर्दै नेकपा एमालेका सांसदहरुले प्रदेशसभा अवरुद्ध गरेका थिए ।
संक्रमित भए पनि उनीहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गर्न पाउने भएका छन् । उनीहरुलाई छुट्टै मतदानको व्यवस्था गर्ने कांग्रेस सांसद विष्णु प्रसाद लामिछानेले जानकारी दिए ।




प्रतिक्रिया