गण्डकीका सभामुख र सांसदहरुको सुरक्षाको ग्यारेण्टी गर्न तीन दलको माग

गण्डकीका सभामुख र सांसदहरुको सुरक्षाको ग्यारेण्टी गर्न तीन दलको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विपक्षी दलहरुले गण्डकी प्रदेशका सांसदहरुलाई धम्की दिनेलाई कारबाही गर्न माग गरेका छन् ।

बिहीबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको संयुक्त बैठकले प्रदेश सांसदलाई धम्की दिनेहरुलाई कारबाही गर्न माग गरेको हो ।

त्यस्तै उनीहरुले सांसद खिमविक्रम शाहीलाई अपहरण शैलीमा लुकाइएको विषयमा छानबिन गर्न दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

बैठकले सभाुमख र प्रदेशसभामा अविश्वासको प्रसतावका पक्षधर सांसदहरुको सुरक्षाको ग्यारेण्टीको पनि माग गरेको छ ।

‘सांसद शाहीको पिसिआर रिपोर्टहरुको छानबिन गरी प्रयोगशालाहरुको विश्वासनीयताको जाँच गरियोस्’, विज्ञप्तिमा भनिएको छ, ‘चरक अस्पतालको सम्पूर्ण फुटेजहरु सार्वजनिक गरियोस् ।’

त्यस्तै सरकारका जिम्मेवार व्यक्तिहरुले सभामुखप्रति गरेको दुव्र्यवयहार र धम्कीपूर्ण अभिव्यक्ति निन्दनीय रहेको बताइएको छ ।