गण्डकीमा निर्णायक पोजिशनमा रहेको जनमोर्चाले विपक्षीलाई सघाउने

गण्डकीमा निर्णायक पोजिशनमा रहेको जनमोर्चाले विपक्षीलाई सघाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेश सरकार निर्माणमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाले विपक्षीलाई सहयोग गर्ने भएको छ ।

आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकीमा नयाँ सरकार गठनको खेल सुरु भएको छ । प्रदेशसभामा तीन सिट रहेको जनमोर्चाले गुरुङ नेतृत्वको सरकारलाई साथ नदिने स्पष्ट पारेको हो ।

जनमोर्चाका सांसद कृष्ण थापाले कांग्रेस, माअ‍ोवादी केन्द्र र जनता समाजवादी पार्टी नेतृत्वको सरकारलाई आफूहरुको साथ रहने स्पष्ट पारेका छन् ।

गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।

गण्डकीमा सरकार निर्माणका लागि ३१ जना सांसदका आवश्यकता पर्दछ । दुवै पक्षलाई ३ जना सांसदको आवश्यकता पर्ने देखिन्छ । अर्थात प्रदेशसभामा तीन सिट रहेको जनमोर्चा सरकार निर्माणको निर्णायक पोजिशनमा रहेको छ ।