गण्डकी सरकारबारे विपक्षी दलको टिप्पणीः न हाँस न बकुल्लो जस्तो !

गण्डकी सरकारबारे विपक्षी दलको टिप्पणीः न हाँस न बकुल्लो जस्तो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत माग्दै गर्दा सत्ता गठबन्धप्रति विपक्षी दलका सांसदहरुले प्रश्न उठाएका छन् । कतिपय सांसदहरुले सत्ता स्वार्थको गठबन्धनको संज्ञा दिएका छन् भने कतिपयले अहिलेको सत्ता गठबन्धन अराजनैतिक भनेका छन् ।

जेठ २७ मा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनबाट जेठ २९ मा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यसरी बन्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार आज विश्वासको मत मागेका हुन् । तर, भर्खरै मात्र सत्ताबाट बाहिरिएको नेकपा एमालेले अहिलेको गठबन्धनलाई अराजनैतीक र अप्राकृतिक भनेको छ ।

सत्ता गठबन्धन किन अराजनैतीक र अप्राकृतिक

लमजुङ प्रदेश (क) बाट निर्वाचित सांसद धनञ्जय दवाडी भन्छन्, ‘नेपाली कांग्रेसले आफूलाई प्रजातन्त्रका लागि लडेको पार्टी ठान्छ तर दस्तावेज अनुसार हेर्ने हो भने गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले कांग्रेसलाई प्रमुख दुश्मन किटान गर्छ । दस्तावेजका हिसावले नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई आफ्नो मित्र शक्ति पनि स्वीकार्दैन प्रजातन्त्रका खातिर लड्ने शक्ति पनि मान्दैन । यस्तो अवस्थामा नेकपा माओवादीले सहकार्य कसरी स्वीकार गर्छ भन्ने प्रश्न छ ?’

साथै उनले यो गठबन्धनमा संघीयता विरोधी र राज्य भन्नेहरु रहेकाले यो अप्राकृतिक भएको जिकिर गरे । कुरा एउटा गर्ने र काम अर्को गर्ने प्रवृतिले समस्या निम्तिएको सांसद दवाडीको भनाइ छ । उनले तथ्यहरुको निर्मम समिक्षा हुन जरुरी भएको बताए । लोकतन्त्रका लागि नसुहाउने ब्यक्तिहरु पनि गठबन्धनमा रहेको सांसद दवाडीको भनाई छ । सत्ताका लागि जो पनि ठिक र जे पनि ठिक भन्ने प्रवृतिले लोकतन्त्रलाई वर्षौसम्म असर पुग्ने उनको भनाई छ ।

खुर्सानीको बोट रोपेर सुन्तलाको फल आश गर्न सकिँदैन

यता एमालेका अर्का सांसद राजीव पहारीले लोकतान्त्रीक पद्धतीमा सरकार फेरबदल सामान्य भएपनि गण्डकी प्रदेशको सत्ता गठबन्धन अप्राकृतिक रहेको दाबी गरेका छन् । प्रदेश सभाको आजको बैठकमा उनले भने, ‘यो सरकारको रुप हेर्ने हो भने न हाँसको चाल जस्तो छ न बकुल्लोको जस्तो देखिएको छ । खुर्सानीको बोट रोपेर सुन्तलाको फल आश गर्न सकिँदैन ।’

सांसद पहारीले उक्त सत्ता गठबन्धनलाई तेल र पानीको समिश्रण भनेका छन् । यो सरकार बन्नुको मुख्य उदेश्य नै केही व्यक्ति मन्त्री बन्न रहेको बताउँदै उनले गठबन्धनमा रहेका चार दल चार प्रकारका उदेश्य लिएर अघि बढेका दलहरु सत्ताका लागि एकजुट भएको उनको आरोप छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा अहिले ५९ सांसद छन् । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई सांसद पदबाट हटाएपछि प्रदेशसभामा अहिले ५९ सांसद छन् ।