गण्डकी प्रदेशमा आज मन्त्रिमण्डल विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?


काठमाण्डु— गण्डकी प्रदेशमा आज मन्त्रिमण्डल विस्तार हुँदैछ । आज दिउँसो हुने मन्त्रिमण्डल विस्तारमा माओवादीबाट थप ३ जना मन्त्रीमा नियुक्त हुने भएका छन् ।

सांसद दीपक कोइरालाका अनुसार अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगर जाने गरी सहमति जुटेको छ । नेपाली कांग्रेससँग बिहीबार मन्त्रालय भागवण्डामा सहमति भएपछि माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री चयन गरेको हो ।

माओवादीबाट यसअघि मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भएकी छन् । माओवादीले ११ मन्त्रालयमध्ये ४ मन्त्रालय पाउने गरी भागबन्डा गरिएको छ । बराल कास्की, चन्द्रबहादुर बागलुङ र दीपक चर्ती मगर स्याङ्जाका हुन् ।

अहिले कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, कुमार खड्का सामाजिक विकास मन्त्री छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पाउने छ । २ मन्त्री मागेको जनता समाजवादीका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् ।

जसपाले एक मन्त्रालय मात्र पाउने सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री छन् भने राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement