कृष्ण थापाको सांसद पद खारेज (आदेशसहित)


काठमाण्डु – गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । यसअघि जेठ २२ गते सांसद थापालाई पुनर्वहाली गर्न दिएको आदेश सोमबार विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले खारेज गरेको हो ।

अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय, गण्डकी प्रदेशसभा सचिवालय र सभामुखले छुट्टा छुट्टै भ्याकेट निवेदन दर्ता गराएका थिए । निवेदनमा आज सुनुवाइ गर्दै श्रेष्ठ र रेग्मीको संयुक्त इजलासले निवेदकको माग बमोजिम आदेश खारेज गर्दै अन्तिम आदेश जारी गरेको हो ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले जेठ २२ गते थापामाथि भएको कारवाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

(

प्रतिक्रिया दिनुहोस
Advertisement