गण्डकीमा एमाले जेठ २ मा फर्कियो, पृथ्वीसुब्बाले इन्चार्ज छोडे (सूचीसहित)

गण्डकीमा एमाले जेठ २ मा फर्कियो, पृथ्वीसुब्बाले इन्चार्ज छोडे (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले गण्डकी प्रदेश कमिटी २०७५ जेठ २ मा फर्किएको छ । एमालेभित्र १० बुँदे सहमति कार्यन्वयन सम्बन्धमा विवाद चर्किरहेका बेला गण्डकी प्रदेश कमिटीको सोमबार बसेको ८ औं पूर्ण बैठकले गण्डकी प्रदेश कमिटी जेठ २ अघिकै अवस्थाबाट क्रियाशील गराउने निर्णय गरेको हो ।

गण्डकीमा एमाले विवादको बेला पनि केपी ओली पक्षको एकल वर्चश्व थियो । प्रायः सबै जिल्ला कमिटी संस्थापन पक्षकै नेतृत्वमा थिए । जेठ २ अघिका प्रदेश संयोजक किरण गुरुङ र पछिका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ तथा प्रदेश अध्यक्ष जगत विश्वकर्मा पनि एउटै समूहका नेता हुन् ।

जेठ २ अघिका प्रदेश संयोजक किरण गुरुङको अध्यक्षतामा बसेको बैठकमा इन्चार्ज पृथ्वीसुब्बा गुरुङले नै पूरानो संरचना व्युँताउने घोषणा गरेपछि उनी इन्चार्जको जिम्मेवारीबाट हटेका छन् ।

अब एमाले गण्डकीको संयोजक किरण गुरुङ र सचिव जगत विश्वकर्मा भएका छन् । जेठ २ अघिका सहसंयोजक गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष भएकाले जगत विश्वकर्मालाई सचिव बनाइएको हो । यसअघि नेकपा विभाजनपछि जगत प्रदेश कमिटीको अध्यक्ष र गोविन्द नेपाली सचिव थिए । अब गोविन्द नेपाली साबिककै कार्यालय सचिव बनेका छन् ।

पोखरामा सम्पन्न बैठकले ३०० जनालाईं प्रदेश कमिटी सदस्यमा मनोनित गरेको छ । यसअघिका १०९ जना सदस्य समेत थप्दा अब ४०९ सदस्यीय प्रदेश कमिटी बनेको छ ।

यी हुन एमाले गण्डकी प्रदेश कमिटीका पछिल्ला निर्णय र मनोनित सदस्यहरु: