गण्डकी सरकारबाट माओवादीका दुई मन्त्रीले राजीनामा दिँदै

गण्डकी सरकारबाट माओवादीका दुई मन्त्रीले राजीनामा दिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ नेतृत्वमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिने तयारी गरेका हुन् ।

बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएपछि उनीहरुले आज साँझसम्म राजीनामा दिने तयारी गरेको माओवादी सांसद दीपक कोइरालाले बताए ।

माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने बताएको छ ।