‘गान्धी नोवेल पीस अवार्ड’ अधिवक्ता घिमिरेलाई

‘गान्धी नोवेल पीस अवार्ड’ अधिवक्ता घिमिरेलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ‘गान्धी नोवेल पीस अवार्ड–२०२२’ नेपालका यूवा मानव अधिकारकर्मी एवम् अधिवक्ता गणेश प्रसाद घिमिरेले प्राप्त गरेका छन् । मानवअधिकार तथा सामाजिक न्याय, सञ्चार र शान्तिका क्षेत्रमा विगत २ दशकदेखि क्रियाशील रहँदै आएका अधिवक्ता घिमिरेले बेलायतमा दिइने अन्तर्राष्ट्रिय स्तरको अवार्ड प्राप्त गरेका हुन् ।

अंहिसाको माध्यमबाट मानवअधिकार, शान्ति, सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणमा विशिष्ट योगदान पु¥याउँदै आएका छन् ।
बेलायतको विश्वहिन्दु केन्द्र, लण्डनमा यही जुन ३ तारिकका दिन भव्य समारोहबीच यो पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ ।

विश्वभरबाट १०४ जनालाई यो वर्ष गान्धी नोवेल पीस अवार्ड– २०२२ प्रदान गर्ने कार्यक्रम रहेको आयोजक संस्था गान्धीपीस फाउन्डेसन नेपालका अध्यक्ष डा. लालबहादुर रानाले जानकारी दिए । अधिवक्ता घिमिरेले इमेज च्यानल टेलिभिजन र बेलायतबाट प्रसारण हुने नेपाली टेलिभिजनमा समेत लामो समयसम्म आबद्ध भएर काम गरेका थिए ।

हाल उनी एम्नेष्टी इन्टरनेशनल नेपालको आप्रवासी श्रमिक सम्वन्धी राष्ट्रिय कार्य समूहका संयोजक छन् । मानवअधिकार, सामाजिक न्यायका लागि एम्नेष्टीका अभियानहरुमा आफनो सक्रिय सहभागी जनाउदै आएका घिमिरे विभिन्न विश्वविद्यालय, कलेज र स्कुलहरुमा मानव अधिकार सम्वन्धी कार्यक्रम तथा मोटिभेसनल लेक्चरमा युवा पुस्तामा लोकप्रिय छन् ।

उनलाई युवा वर्गहरुले आइडलको रुपमा लिने गर्छन । विश्वव्यापी मानव अधिकार अभियान र मानव अधिकार शिक्षाको प्रबर्धनमा सक्रिए अन्तर्राष्ट्रिय संस्थायुथ फर हिउमन राइर्टस इन्टरनेसनल, युएसएबाट सन् २०१९ माहिउमन राइर्टस हिरो आवार्डबाट सम्मानित भईसकेका छन् ।

मानवअधिकारकर्मी घिमिरेले राष्ट्रिय तथाअन्तर्राष्ट्रियस्तरबाट नेपालको मानवअधिकारको क्षेत्रमाविशेष योगदान पुराएबापत पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट वि.एस्सी. माइक्रो वायोलोजी साथै पूर्वाञ्चल विश्वविद्यालयबाट मानवअधिकार तथा लैंगिक न्यायमा एलएल. एम. गरेका छन् ।

हाल उनी दम्बरी मेमोरियल कलेज स्कुलअफ सोसल वर्कमा ब्याचलर लेभलमा मानवअधिकार र कानुन विषयको अध्यापन समेत गराउँछन् । हाल उनी नेपालको सञ्चार क्षेत्रमा कार्यरत अग्रणी संस्था मिडिया एक्सन नेपालको कार्यसमिति सदस्य छन् ।