काठमाण्डु– नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीले चुनावअघि नीति महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।
मंगलबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्नको लागि चुनावअघि नीति महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।
उनले भने, ‘५४ प्रतिशत साथीहरूले विशेष महाधिवेशन माग गर्नुभएको छ। हामी निर्णयमा पुगिएन भने दुर्घटनामा जानसक्छ। त्यसैले चुनावअघि नीति महाधिवेशन गरेर जाऔँ।’




प्रतिक्रिया