रवि लामिछानेको मानवअधिकारको रक्षा गर्न ज्ञानेन्द्र शाहीको माग

रवि लामिछानेको मानवअधिकारको रक्षा गर्न ज्ञानेन्द्र शाहीको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानवअधिकार उल्लङ्घन भएको जिकिर गरेका छन् ।

सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेटेपछि शाहीले सामाजिक सञ्जालमार्फत उनको मानव अधिकारको रक्षा गर्न माग गरेका हुन् ।

उनले लेखेका छन् :’कानुनी राज्यको पालना गर्नु हामी सबैको कर्तव्य हो यसको मतलब राज्य आतंकमा लाग्नु होइन ! प्रहरी हिरासतमा रहेको मान्छेलाई पूर्ण स्वतन्त्रता सहित आफ्नो अभिव्यक्ति आफ्नो कानुन व्यवसायीलाई राख्न पाउने पूर्ण अधिकार हुन्छ। कसैको पनि अधिकार कुण्ठित गर्न पाइँदैन।’

लामिछानेलाई भेटेका शाहीले चितवनबाट पोखरा लाने क्रममा औषधिसमेत नदिएर दबाबसमेत गरिएको भन्दै सडक र सदनबाट जवाफ माग्ने बताए ।