विमानस्थलमा पूर्वराजाको भव्य स्वागत (तस्बिरहरु)

विमानस्थलमा पूर्वराजाको भव्य स्वागत (तस्बिरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । झापाबाट शुक्रबार काठमाण्डु आएका पूर्वराजा शाहलाई समर्थकहरुले भव्य स्वागत गरेका हुन् ।

पूर्वराजालाई स्वागत गर्ने राजावादीको योजनालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डुले विमानस्थल परिसरमा निषेधाज्ञा जारी गरेको थियो तर निषेधाज्ञा तोड्दै राजावादीहरूले पूर्वराजालाई स्वागत गरेका हुन् ।

राजावादी अभियन्ता दुर्गा प्रसाईँ पूर्वराजाको स्वागत गर्न पुगेका थिए भने भिडमा धेरैले राष्ट्रिय झण्डा बोकेका थिए ।