रास्वपामाथि खनिएको भिडियो भाइरल भएपछि ज्ञानेन्द्र शाहीले भने- जापानको रक्सी पनि कडा रहेछ

रास्वपामाथि खनिएको भिडियो भाइरल भएपछि ज्ञानेन्द्र शाहीले भने- जापानको रक्सी पनि कडा रहेछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले ‘खाँदै नखाएको रक्सीले पनि लागेछ’ भन्दै टिप्पणी गरेका हुन्।

जापान पुगेर रास्वपा समर्थकमाथि खनिएको भिडियो भाइरल भएपछि शाहीले यस्तो तर्क गरेका हुन् । उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा मिश्रित प्रतिक्रिया आइरहेका छन्।

उनले आफ्नो पोस्टमा जापानको रक्सी निकै कडा रहेको उल्लेख गर्दै वर्षौँदेखि मनमा लुकाइराखेका कुरा मुखबाट निस्किएको व्यंग्य गरेका छन्। साथै, सहकारी ठगीका आरोपीलाई ‘ठग’ नै भनेको र विभिन्न समूहप्रति पनि आलोचनात्मक टिप्पणी गरेका छन्।

शाहीले आफूविरुद्ध सामाजिक सञ्जालमा हुने ‘रोस्ट’ र टिप्पणीलाई समेत व्यंग्य गर्दै विश्वभर रहेका नेपाली युवालाई आफूविरुद्ध जति मन लाग्छ स्टाटस लेख्न र कन्टेन्ट बनाउन आग्रह गरेका छन्। त्यसबाट हुने आम्दानीले आफूलाई नेपाल फर्किने भाडासमेत जुटाइदिन सकिने टिप्पणी पनि उनले गरेका छन्।

जापानमा रास्वपा समर्थकलाई लक्षित गर्दै दिएको भनिएको उनको भिडियो भाइरल भएपछि शाहीको उक्त प्रतिक्रिया सार्वजनिक भएको हो। उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा मिश्रित प्रतिक्रिया आइरहेका छन्।