काठमाण्डु– पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने भएका छन् ।
उनी पत्नी कोमल शाहसहित जनकपुर जान लागेको संवाद सचिव फणि पाठकले जानकारी दिए ।
जनकपुरमा उनले जानकारी मन्दिरको दर्शन गर्नेसहित राजावादीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यस्तै पूर्वराजा शाह जनकपुर हुँदै भारत जाने तयारीमा रहेको स्रोतले बताएको छ ।




प्रतिक्रिया