प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने रास्वपाको निर्णय

प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने रास्वपाको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने भएको छ ।

आईतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले मतदाता नामावली अद्यावधिक गराउन पार्टीको तर्फबाट अभियान नै चलाउने निर्णय गरेको रास्वपाका सदस्य गणेश पराजुलीले जानकारी दिए ।

बैठकमा कात्तिक २१ र २२ गते बस्ने केन्द्रीय समितिको विस्तारित भेलाको तयारी, मतदाता नामावली अद्यावधिक, समसामयिक राजनीतिको समीक्षा लगायत विषयमा छलफल भएको उनले बताए ।

‘कात्तिकको २१ र २२ गतेका लागि तय भएको विस्तारित भेलामा प्रस्तुत गर्ने राजनीति प्रतिवेदन र ती विषयहरूमा राख्नुपर्ने कुराहरूका विषयमा पनि छलफल भएको छ । रास्वपा लोकतान्त्रिक पार्टी भएकाले सम्पूर्ण ध्यान निर्वाचन केन्द्रित हुनेबारे छलफल भएको छ । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने समय दिएकाले पार्टीको तर्फबाट नामावली दर्ताका लागि अभियान नै चलाउन जानुपर्नेमा जोड दिएको छ,’ उनले भने ।