टिकापुरका गणेश जैगडिले खोखोमा नेपाललाई दिलाए कास्य पदक


काठमाडौं – कैलाली टिकापुर निवासी गणेश जैगडिले खो.खो खेलमा नेपाललाई कांस्य पदक जिताएका छन् । काठमाडौंमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा बंगलादेशलाई हराउँदै जैगडिले नेपाललाई कास्य पदक दिलाएका हुन् ।

विगत दुई वर्ष देखि नेपाल आर्मीको तर्फबाट खो.खो खेलमा निरन्तरता दिएका जैगडिले नेपाल आर्मीलाई मेडल गोल्ड मेडल दिलाइ सकेका छन् । जैगडिले खो.खो खेलकुद मार्फत नेपाल र नेपालीलाई विश्व सामु चिनाउने आफ्नो अन्तिम लक्ष्य रहेको बताए ।

‘जबसम्म हामीले विश्व सामु खेलकुदलाई अगाडि बढाउन सक्दैनौं तबसम्म हामी विकास र समृद्धिमा फड्को मार्न सक्दैनौं’ उनले भने । यस पटकको दक्षिण एसियाली खेलकुद देशका लागि ऐतिहासिक रहेको बताउँदै उनले राज्यले खेलकुदलाई विषेश महत्त्व दिए नेपाल खेलकुदमार्फत विश्वसामु भिन्नै किसिमले चिनिने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement