कांग्रेस नेता गणेश लामालाई एक वर्ष कैद, डेढ करोड बिगो बराबरको जरिवाना

कांग्रेस नेता गणेश लामालाई एक वर्ष कैद, डेढ करोड बिगो बराबरको जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– विशेष अदालतले गुण्डानाइके गणेश लामालाई दोषी ठहर गर्दै एक वर्ष कैद सजाए सुनाएको छ।

सम्पत्ति शुद्धिकरण मुद्दामा कारागारमा रहेका लामालाई दोषी ठहर गर्दै कैदसहित स्रोेत नखुलेको एक करोड ४० लाख रुपैयाँ जफत गर्न आदेश अदालतले दिएको हो।

अदालतका न्यायाधीशहरु रत्न बागचन्द तथा दारिकामान जोशी का साथै अध्यक्ष बाबुराम रेग्मीको इजलासले यस्तो फैसला सुनाएको हो ।
गत फागुनमा गौशालाबाट पेस्तोलसहित पक्राउ परेका लामा हातहतियार तथा खरखजाना मुद्दामा कारागारमा थिए ।

गुन्डागर्दी तथा आपराधिक गतिविधिबाट २७ करोड बराबरको सम्पति जोडेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते १ करोड ४० लाख मूल्य बराबरको बिगो माग दाबी सहित लामाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले गरेको अनुसन्धानलाई आधार बनाएर विभागले मुद्दा दर्ता गरेको ५ वर्षपछि अदालतले लामाविरुद्ध बिहीबार अन्तिम फैसला सुनाएको हो । लामाले गत मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर १ बाट कांग्रेसका तर्फबाट चुनाव लडेका थिए ।