योगेश भट्टराई निकट गणेश पहाडी सामान्य प्रशासन मन्त्री !

योगेश भट्टराई निकट गणेश पहाडी सामान्य प्रशासन मन्त्री !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहका नेतालाई मन्त्री बनाउने निर्णय गरेका छन् । उनले योगेश भट्टराई निकट रहेका सिन्धुलीका गणेश पहाडीलाई मन्त्री बनाउने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बिहीबार विस्तार गरेको मन्त्रिपरिषद्मा सिन्धुलीबाट दुई पटक निर्वाचित भएका सांसद पहाडीलाई सामान्य प्रशासन मन्त्री बनाउने भएका हुन् । उनले आज दिउँसो चार बजे शपथ खाँदैछन् ।

नेपाल समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरे पनि पहाडी भने तटस्थ बसेका थिए । उनले आफू मूल पार्टीमा रहेको बताउँदै आएका थिए ।