काठमाण्डू, ३१ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ ।
पराजुलीले २९ वैशाखको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा प्रयोग गरेका गैरसंसदीय शब्द रेकर्डबाट हटाइएको हो ।
सभामुख डोलप्रसाद अर्यालले बिहीबार प्रतिनिसभा बैठक सुरु भएलगत्तै पराजुलीले बोलेका दुईवटा शब्द अभिलेखबाट हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिए ।
पराजुलीले विपक्षी दलहरुलाई लक्षित गर्दै बोलेका ‘भरौटेहरू’ र ‘लुगा लगाएर पनि नांगै हिंडेजस्तो’ शब्द अभिलेखबाट हटाउन निर्देशन दिए ।
‘वैशाख २९ गतेको बैठकमा माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको भरौटेहरू र यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो गरी भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गरेको छु,’ अर्यालले भने ।
बुधबारको बैठकमा विपक्षी सांसदहरुले पराजुलीका गैरसंसदीय शब्द अभिलेखबाट हटाउन माग गरेका थिए ।




प्रतिक्रिया