नेपाली सेनाका रथी श्रेष्ठलाई फोर्स कमाण्डरको जिम्मेवारी

नेपाली सेनाका रथी श्रेष्ठलाई फोर्स कमाण्डरको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाली सेनाका रथी (लेफ्टिनेन्ट जनरल) गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्र संघीय अन्तरिम सुरक्षा बल अबेईको नयाँ फोर्स कमाण्डर नियुक्त गरेका छन् ।

श्रेष्ठ घानाका २ तारे जर्नेल रोबर्ट याव अफ्रामको ठाउँमा जिम्मेवारी सम्हाल्न जान लागेका हुन् । नेपालको सुदूर पश्चिम डिभिजन कमाण्डर, दक्षिण सुडान (युएनएमआइएसएस)मा सेक्टर पूर्वको कमाण्डरसहित ३६ वर्षको सैन्य जीवन बिताएका छन् ।

जङ्गी अड्डामा कार्यरथी, वीरेन्द्र सैन्य अस्पतालको प्रशासनिक रजिस्ट्रार, नीति तथा योजना निर्देशक तथा १६ र ९ नम्बर बाहिनी चलाएको अनुभव उनीसंग छ ।

चिनियाँ राष्ट्रिय रक्षा विश्वविद्यालयको इन्टरनेशनल कलेज अफ डिफेन्स स्टडिजबाट सैन्य विज्ञान र रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र मानविकी तथा सामाजिक विज्ञानमा स्नातकोत्तर हासिल गरेका छन् ।

महासचिव गुटेरेसले अन्तरिम अवधिमा अबेईकोको नेतृत्व र समर्पणका लागि उनी कृतज्ञता व्यक्त गरेको राष्ट्रसंघले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को निर्णयअनुसार अबेई शान्ति सुरक्षा बललाई उत्तरी र दक्षिणी सुडानको बीचस्थित विवादित अबेई क्षेत्रमा तैनाथ गरिएको थियो जसलाई दुवै पक्षले आफ्नो क्षेत्र दाबी गर्दै आएका छन् ।