रंगशालामा सांसद र कर्मचारीको फुटबल भिडन्त, गणेशप्रसाद तिमल्सिना ‘क्याप्टेन’


काठमाडौं – संघीय संसदका सदस्यहरू र संसद सचिवालयका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ ।

संसद सेवा दिवसको अवसर पारेर मैत्रीपूर्ण फुटबल आयोजना गरिएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलेबताए ।

प्रतियोगिता अपरान्ह १२ बजे दशरथ रंगशालामा हुदैछ । सांसदहरूको टिमको क्याप्टेन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना हुँदैछन् भने संसद कर्मचारीको टिमको क्याप्टेन संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई हुँदैछन् ।

मंसिर २८ गते संसद सेवा दिवसको अवसर पारेर सचिवालयले साताव्यापी कार्यक्रम गरिरहेको छ ।

दशरथ रंगशालामा आजै दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरूष फुटबलको फाइनल हुँदैछ । दिउँसो तीन बजेदेखि हुने खेलमा स्वर्णका लागि नेपाल र भुटान भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement