सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको आपत्ति

सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको आपत्ति


काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता गरिएकोमा आपत्ति जनाएका छन् ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता गरेपछि सोमबार पत्रकार सम्मेलन गर्दै राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले आपत्ति जनाएका हुन् ।

उनले सभामुख सापकोटाले फिर्ता पठाएको पत्रले राष्ट्रियसभाको गरिमामा प्रहार भएको भन्दै सभामुख र राष्ट्रियसभा अध्यक्ष समान हैसियत भएको बताए ।

‘संसदीय सुनुवाइ समिति संयुक्त भएकाले हामी बराबरी हो’ उनले भने, ‘सभामुखले एकल संसद झैँ गरी परामर्शविना फिर्ता गर्नुभएकाले विरोध गरेको हुँ ।’

सिफारिस फिर्ता पठाउनुपरे वा सदर गर्नुपरेको अवस्थामा राष्ट्रियसभा अध्यक्षसँग परामर्श गर्नुपर्नेमा त्यस्तो नभएको उनले उल्लेख गरे । संवैधानिक नियुक्तिमा सिफारिस भएकाहरूको ३५ दिनभित्र संसदीय सुनुवाइ हुनु्पर्ने प्रावधान छ ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा त्यसमा संसदीय सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सोमबार उक्त पत्रको सक्कल प्रति नै संवैधानिक परिषदमा फिर्ता पठाईदिएका दिए ।